सुकुमबासीको वैकल्पिक बसोबाससहित शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न प्रलोपाको माग

बुधबार, ०३ असार २०८३, १३ : २९

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीको वैकल्पिक बसोबाससहित शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरेको छ । 

यसअघि नै तीन जना सुकुम्बासी नागरिकको ज्यान गइसकेको बताउँदै राज्यको यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको प्रलोपाले जनाएको छ।

सरकारले न्यूनतम मानवीय व्यवहारसमेत नगरेपछि विस्थापित सुकुमबासी आन्दोलित हुनु लज्जाको विषय भएको पार्टीका प्रवक्ता लक्ष्मी गुरुङद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । 

सुकुमबासी नागरिकका समस्या समाधानमा संवेदनशील र जिम्मेवार बन्न सरकारलाई आग्रह गर्दै मानवीय दृष्टिकोणबाट आवश्यक कदम चाल्न प्रलोपाले माग गरेको छ । 

बुधबार, ०३ असार २०८३, १३ : २९

प्रतिक्रिया