फ्लेभर्स अफ थाइल्याण्डः थाई परिकारको विशेष यात्रा अब काठमाडौँ मेरियट होटेलमा

बुधबार, ०३ असार २०८३, १४ : १९

काठमाडौं- काठमाडौं मेरियट होटेलले थाई परिकारको वास्तविक स्वाद अब राजधानी काठमाडौँमै अनुभव गराउने उद्देश्यसहित “फ्लेभर्स अफ थाइल्याण्ड” नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ । 

एडामामे रेस्टुरेन्टमा सुरु भएको यो ईभेन्ट जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । फेस्टिभलको पहिलो दिन सञ्चारकर्मी एवम् चर्चित कन्टेन्ट क्रिएटरहरू– किछी भ्लग्स, रोनित श्रेष्ठ, ब्लर डायट र फूडेलिसियसएनपीलाई आमन्त्रण गरी “फ्लेभर्स अफ थाइल्याण्ड” को विशेष अनुभव गराइएको थियो ।

यस फेस्टिभलको मुख्य आकर्षणका रूपमा सेफ ओन नामले परिचित मेरियट नर्थ पटायाका चर्चित सेफ नत्तावुद रुएङ्सामुत रहेका छन् । थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानीज तथा आधुनिक एसियन फ्युजन खानामा १९ वर्षभन्दा लामो अनुभव हासिल गरेका सेफ ओनले आफ्नो सिर्जनात्मकता र उत्कृष्ट कलिनरी मार्फत अतिथिहरूलाई गुणस्तरीय र प्रामाणिक स्वाद प्रदान गरिरहेका छन् ।

फेस्टिभलमा प्रस्तुत मेनुले थाई खानाको परिचित र लोकप्रिय स्वादलाई समेटेको छ । अतिथिहरूले सी फुड स्टार्टरदेखि रिच करी र सुगन्धित राईसका परिकारसम्म, विविध स्वादको अनुभव लिन सक्नेछन् । प्ला साल्मन, लब्सटर, टम यम र पाड क्रा पाओ जस्ता विशेष परिकारहरू ताजा हब्र्स र मसालाको प्रयोगबाट तयार गरिएका छन्, जसले थाई खानाको मौलिक स्वादलाई अझ जीवन्त बनाएको छ । यी परिकारसँगै थाई शैलीबाट प्रेरित विशेष ड्रिंक्सहरू सायम गार्डेन, फुकेट स्पाइस म्युल र थाई टी बोबा क्लाउड पनि उपलब्ध छन्, जसले सम्पूर्ण अनुभवलाई अझ विशेष बनाउने छन् ।

Image 3

यस विशेष फुड फेस्टिभलको एयरलाइन पार्टनरका रूपमा “स्मूथ अस सिल्क” स्लोगानका लागि परिचित थाई एअरवेज रहेको छ, जसले थाई अनुभवलाई अझ प्रामाणिक बनाएको छ । “फ्लेभर्स अफ थाइल्याण्ड” ले थाइल्याण्डको जीवन्त सडक संस्कृति र समृद्ध कलिनरी परम्परालाई काठमाडौंमै ल्याउने प्रयास गरेको छ । ताजा सामग्री, सशक्त मसला र परम्परागत पाक विधिको संयोजन मार्फत प्रत्येक परिकारले थाई खानाको आफ्नै कथा प्रस्तुत गर्दछन् ।

काठमाडौं मेरियट होटल सम्पूर्ण पाहुनाहरूलाई सीमित अवधिका लागि आयोजना गरिएको यस विशेष कलिनरी यात्रामा सहभागी भई थाइल्याण्डको मौलिक स्वाद अनुभव गर्न हार्दिक आमन्त्रण गर्दछ ।

काठमाडौँ मेरियट होटेलको बारेमाः

काठमाडौंको मुटुमा अवस्थित काठमाडौं मेरियट होटेल नेपालकै अग्रणी लक्जरी आतिथ्य गन्तव्यका रूपमा स्थापित छ । मेरियट इन्टरनेसनलको अन्तर्राष्ट्रिय नेटवर्क अन्तर्गत रहेको यो होटेलले विश्वस्तरीय सेवा मापदण्डलाई नेपाली संस्कृति, समुदाय र आतिथ्यसँग जोड्दै आएको छ । सन् २०१९ मा सञ्चालनमा आएको यो होटेल फुर्सदिला यात्रु, व्यवसायिक पाहुना तथा स्थानीय साझेदारहरूको विश्वसनीय गन्तव्य बनेको छ ।
 

बुधबार, ०३ असार २०८३, १४ : १९

प्रतिक्रिया