काठमाडौं- नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. (JCB Division) र एभरेष्ट बैंक लिमिटेडबीच JCB का ग्राहकहरूलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.का तर्फबाट श्री सञ्जय देव यादव तथा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट श्री विनय खनाल ले हस्ताक्षर गरेका हुन् ।
यस रणनीतिक सहकार्यअन्तर्गत JCB लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंक लिमिटेडका देशभर रहेका शाखामार्फत सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । यस व्यवस्थाअनुसार ग्राहकहरूले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा (Finance Facility) प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, ऋण स्वीकृति प्रक्रियालाई थप सरल, छरितो तथा ग्राहकमैत्री बनाउने उद्देश्यले आवश्यक सम्पूर्ण कागजातहरू पेश गरी प्रक्रिया पूरा भएको अवस्थामा ७ कार्यदिनभित्र डेलिभरी अर्डर (DO) जारी गरिने व्यवस्था गरिएको छ । यसले ग्राहकहरूलाई समयमै उपकरण प्राप्त गर्न तथा व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस समझदारीले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेडबीचको व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई आवश्यक उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ । वित्तीय प्रक्रियामा हुने झन्झट तथा समयको बचत गर्दै ग्राहकहरूको व्यवसाय विस्तारमा सहयोग पु¥याउन यो सहकार्य महत्वपूर्ण साबित हुने विश्वास गरिएको छ ।
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेड दुवैले ग्राहकको सुविधा, सन्तुष्टि तथा व्यवसायिक वृद्धिलाई केन्द्रमा राख्दै आगामी दिनमा समेत नवीन तथा ग्राहकमुखी सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो सहकार्यले नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा थप सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया