काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ प्रतितोला एक सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार प्रतितोला चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो ।
प्रतिक्रिया