शिक्षा तथा खेलकुद मन्त्रालय

शिक्षा र खेलकुदमा २ खर्ब १८ अर्ब बजेट, तलब–पेन्सनमै खर्च हुन्छ ६९ प्रतिशत

विहीबार, ०४ असार २०८३, १२ : ४५

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले उक्त रकम कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत रहेको जानकारी दिए। अनुपातगत रूपमा बजेट ०.४७ प्रतिशतले घटे पनि रकमका हिसाबले भने चालु आर्थिक वर्षभन्दा करिब ७ अर्ब रुपैयाँ बढी रहेको उनले बताए।

मन्त्री पोखरेलका अनुसार शिक्षा तथा खेलकुद बजेटको ६९.०७ प्रतिशत स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ भने २.१२ प्रतिशत प्रदेश तहमा पठाइएको छ। यस्तै, कुल बजेटको ६८.९८ प्रतिशत अर्थात् १ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ तलब तथा पेन्सनमा खर्च हुने छ।

विद्यालय शिक्षामा सबैभन्दा बढी ६९.४९ प्रतिशत बजेट छुट्याइएको छ। साथै, विद्यालय पूर्वाधार निर्माण तथा सुधारका लागि स्थानीय तहसँगको साझेदारीमा २ अर्ब ३७ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री पोखरेलले जानकारी दिए।

विहीबार, ०४ असार २०८३, १२ : ४५

प्रतिक्रिया