काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा झरेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज एपोलो हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दै १५ प्रतिशतले मूल्य बढेको छ। यस्तै, सोपान फर्मास्युटिकल्स र आत्मनिर्भर लघुवित्त को सेयर क्रमशः १४.९९ र १२.५३ प्रतिशतले उकालो लागेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो, जसको ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।
उपसमूहतर्फ विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र अन्य समूह घटेका छन् भने वाणिज्य बैंक, फाइनान्स, लघुवित्त, सामूहिक लगानी कोष तथा व्यापार समूहमा हरियाली देखिएको छ।
प्रतिक्रिया