मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

शुक्रबार, ०५ असार २०८३, ०७ : ५६

काठमाडौं- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग साथै कोशी प्रदेशका तराई भू(भागमा साधारणतया बादल लाग्नेछ ।   

यसैगरी, लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ भने तराई भू(भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू(भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा हुनुका साथै कतिपय स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू(भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्नेछ । 

अन्य हिमाली र पहाडी भू(भाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भू(भागमा मौसम मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार, ०५ असार २०८३, ०७ : ५६

प्रतिक्रिया