काठमाडौं- प्रधानमन्त्री बालेन्द्र साह(बालेन)ले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ४:३० बजे सिंहदरबारमा बस्ने तय गरिएको छ।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ। साथै सरकारका विभिन्न मन्त्रालयका कामकारबाही, नीतिगत निर्णय तथा अन्य महत्वपूर्ण एजेन्डामाथि पनि समीक्षा हुने बताइएको छ।
सरकारका आगामी कार्यक्रम, विकास आयोजना तथा सार्वजनिक सरोकारका विषयमा समेत बैठकमा आवश्यक निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया