नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

शुक्रबार, ०५ असार २०८३, १४ : ०२

काठमाडौं- नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि विश्वसनीय नाम रहेको हिमस्टारले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि सहप्रायोजक बनेको छ । हिमस्टारले फिफा विश्वकप २०२६ को टिभी प्रसारणका लागि हिमालय स्पोर्टस् टिभीसँग तथा अनलाइन प्रसारणका लागि डिगो एपसँग सहकार्य गरेको छ ।

कम्पनीका अनुसार, ‘संसारको सबैभन्दा ठूलो खेल महोत्सवसँग हिमस्टारको नाम जोडिनु हाम्रो लागि गर्वको क्षण हो ।’ यस अवसरलाई विशेष बनाउँदै हिमस्टारले विश्वकप २०२६ को उपलक्ष्यमा आकर्षक अफर पनि सार्वजनिक गरेको छ । 

हिमस्टारको ४३ इन्च अल्ट्रा एचडी वा सो भन्दा माथिका टिभी खरिद गर्दा ग्राहकहरूले ३२% सम्मको क्यासब्याक, विश्वकप २०२६ को लाइभ टिभी सिजन पास तथा १ वर्षको नेट टिभी प्याकेज प्राप्त गर्न सक्नेछन्। यस अफरले नेपाली दर्शकहरूलाई विश्वकपको रोमाञ्च सर्वोत्कृष्ट स्क्रिनमा अनुभव गर्न प्रेरित गर्ने कम्पनीले जनाएको छ ।

हिमस्टार इलेक्ट्रोनिक्स नेपाली बजारमा गुणस्तरीय होम एप्लायन्सेस तथा टिभीका लागि विश्वसनीय ब्रान्डको रूपमा स्थापित छ । यस सहकार्यले ब्रान्डलाई देशभरका खेलप्रेमी उपभोक्ताहरूसँग अझ सशक्त रूपमा जोड्ने अपेक्षा राखिएको छ ।

शुक्रबार, ०५ असार २०८३, १४ : ०२

प्रतिक्रिया