अपडेट

सामान्य बढ्यो सेयर बजार, एपोलो हाइड्रो र सोपान फार्माको मूल्यमा उछाल

शुक्रबार, ०५ असार २०८३, १५ : १७

काठमाडौं- सेयरबजार सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक र कारोबार रकम दुवै बढेका हुन्। यस दिन नेप्से १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुग्दा कारोबार रकम पनि ४ अर्ब ५३ करोड पुगेको छ। 

शुक्रबार ११६ वटा सेयर बढे भने १४० वटा घटेका छन्। त्यसैगरी १७ वटाको मूल्य स्थिर छ। 

आज पनि दुईवटा सेयर १४ प्रतिशतले बढेका छन्। एपोलो हाइड्रोपावर र सोपान फरम्यास्युटिकल्स क्रमशः १४.९९ र १४.०२ प्रतिशतले बढेका छन्। बाँकी सेयर भने अधिकतम ९.०८ प्रतिशतसम्म उक्लेका छन्। 

बजारमा आज १२.४५ प्रतिशतसम्मको उच्च गिरावट देखिएको छ। कारोबारमा ग्लोबल आईएमई बैंकको ऋणपत्रको ३३ करोडसम्मको कारोबार भएको छ। 

शुक्रबार, ०५ असार २०८३, १५ : १७

प्रतिक्रिया