मंगलापुर बचत तथा ऋण सहकारीद्वारा ६ विद्यार्थीलाई छात्रवृत्ति, २८ हजार बराबरको शैक्षिक सामग्री वितरण

शनिबार, ०६ असार २०८३, २१ : ०९

चितवन– मंगलापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले श्री सूर्य ज्योति माध्यमिक विद्यालय, मध्यनेपाल–१ निबुवाटारीका ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालय स्थापना भएको समय देखि  पहिलो पटक ६ जना विद्यार्थीहरूले पूर्ण  छात्रवृत्तिको अवसर पाएका हुन् ।

कार्यक्रममा २८ हजार रुपैयाँ बराबरका शैक्षिक सामग्रीसमेत वितरण गरिएको सहकारीका सेयर सदस्य एवम् समाजसेवी गोपी बहादुर कामीले जानकारी दिए । उक्त सामग्री संस्थाका प्रतिनिधि एवम्  समाजसेवी गोपीबहादुर कामीले विद्यार्थीहरूलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमा बोल्दै,समाजसेवी कामीले विगतका वर्षहरुमा अक्षयकोष स्थापना गरी छात्रावृद्वि दिदै आएकोमा थप अहिले आर्थिक अवस्था कम्जोर भएका विध्यार्थीलाई शिक्षाको पहुँचबाट बन्चित नहुँन भनेर सहकारी मार्फत सहयोग गरीएको बताए । सोहि विध्यालयमा आफुपनि अध्यान गरेकोले आगामी दिनहरुमा यस्तै सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले सम्पुर्ण विध्यार्थीहरुलाई मेनहत गरेर अध्यापन गर्न आग्रह गरेका छन् ।  

fcada6d3-0a92-462f-b095-dc02dc0bc18d

त्यस्तै, प्रधानाध्यापक चद्रकला तिवारीले विध्यालयमा अध्यानरत विध्यार्थीहरुले पूर्ण छात्रावृद्वि पाउँदा विध्यालय परिवार खुसी भएको बताईन् । उनले सहकारी संस्थाले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेकी थिन् ।

सोही कार्यक्रममा समाजसेवी गोपी बहादुर कामीलाई विध्यालय प्रति देखाएको मायाको उच्च मुल्याकंन गदै सम्मान पत्र द्वारा अभिन्दन गरीएको छ । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, ज्येष्ठ सदस्य, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य यज्ञ प्रसाद मिश्रले राखेका थिए भने सिताराम मजाकोटीले कार्यक्रम सञ्चालन गरेका थिए । 

सहकारी संस्थाले शिक्षा क्षेत्रमा सहयोग गर्दै विद्यार्थीहरूको अध्ययनप्रति उत्साह बढाउने उद्देश्यले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

शनिबार, ०६ असार २०८३, २१ : ०९

प्रतिक्रिया