सुनचाँदी

भारी गिरावटपछि सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कति पुग्यो ?

आइतबार, ०७ असार २०८३, ११ : १८

काठमाडौं- गत शुक्रबार ठूलो गिरावट आएको सुनको मूल्य आज पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १० हजार ५ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा झरेको थियो। बिहीबार भने सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले महँगिएर ४ हजार ६ सय ९० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको भाउ ३०५ रुपैयाँले घटेर ४ हजार ६ सय ४० रुपैयाँमा झरेको थियो।

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च स्तर गत माघ १५ गते पुगेको थियो। उक्त दिन सुनको भाउ एकैदिन २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

त्यसैगरी चाँदीको मूल्य पनि माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर कीर्तिमानी स्तरमा पुगेको थियो। माघ १८ गते भने चाँदीको मूल्य एकैदिन १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट मानिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष पर्ने भएकाले सुनचाँदीको भाउ दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

आइतबार, ०७ असार २०८३, ११ : १८

प्रतिक्रिया