काठमाडौं - संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानको ‘परमाणु मामिला’ र लेबननसम्बन्धी विषयमा वार्तामा प्रगति हासिल हुने आशा व्यक्त गरेका छन्।
अमेरिका र इरानबीच युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा विस्तार गर्न स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुँदैछ।
भान्स वार्ताको निम्ति स्विट्जरल्यान्ड पुगेका छन्।
युद्धविराम सुरुमै कमजोर साबित भएको छ र तेहरानले लेबनानमा हिज्बुल्लाहमाथि भएको इजरेली आक्रमणलाई लिएर आक्रोश व्यक्त गर्दै आफूले स्ट्रेट अफ होर्मुज बन्द गरेको घोषणा शनिवार गरेको थियो।
जुन युद्ध अन्त्य गर्न तेहरानले अमेरिकासँग गरेको सम्झौताको उल्लङ्घन हो।
हिज्बुल्लाहले अमेरिका–इरान सम्झौता ध्वस्त पार्न इजरायलले ती आक्रमणहरूलाई प्रयोग गरिरहेको आरोप लगाएको छ।
तर अमेरिकी सेनाले उक्त दाबीको खण्डन गर्दै भनेको छ, ‘पारवहन निरन्तर चलिरहेको छ ।’
भान्स वार्ताको निम्ति स्विट्जरल्यान्ड पुगेका छन्
विदेशमन्त्री अब्बास अराग्ची र संसद्का सभामुख मोहम्मद बगर गालिबाफ सहितको इरानी प्रतिनिधिमण्डल प्रत्यक्ष वार्ताको निम्ति स्विट्जरल्यान्ड पुगिसकेको छ।
नयाँ चरणको वार्ता आइतवार हुन लागेको छ। त्यसतर्फ विमानमा उड्नुअघि उपराष्ट्रपति भान्सलाई इजरेल-हिज्बुल्लाह भिडन्त र दक्षिणी लेबननमा इजरेली हवाई आक्रमणबारे प्रश्न गरिएको थियो।
प्रतिक्रिया