हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

आइतबार, ०७ असार २०८३, १५ : १८

काठमाडौं- हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

केन्द्रले भूकम्पको केन्द्रबिन्दु हुम्लाको श्रीनगर आसपास रहेको जनाएको छ। हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको बताइएको छ।

स्थानीयवासीले सामान्य कम्पन महसुस गरेको जनाइएको छ भने विस्तृत विवरण संकलनको कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने भएकाले साना तथा मध्यम खालका भूकम्पहरू बेला–बेलामा जाने गरेका छन्।

आइतबार, ०७ असार २०८३, १५ : १८

प्रतिक्रिया