सुनचाँदी

सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ बढ्दा कतिमा हुँदैछ कारोबार ?

सोमबार, ०८ असार २०८३, ११ : १६

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य पुनः बढेको छ। आइतबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ रहेको चाँदी सोमबार बढेर ४ हजार ७ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य यसअघि गत माघ १५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण नेपालमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको हो। अन्तर्राष्ट्रिय बजारको अवस्था र माग–आपूर्तिको आधारमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

सोमबार, ०८ असार २०८३, ११ : १६

प्रतिक्रिया