काठमाडौं- आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘Business Incubation Service (BIS) Program २०२६’ को समापन तथा अन्तिम कार्यक्रम काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ ।
स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास, व्यवसायिक मोडल निर्माण, मेन्टरशिप, नेटवर्किङ तथा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले नेपालको स्टार्टअप इकोसिस्टम विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
कार्यक्रममा कोशी र बागमती प्रदेशबाट सहभागी भएका स्टार्टअप टोलीहरूले आफ्ना नवीनतम सोच, प्रविधिमा आधारित समाधान तथा व्यवसायिक योजनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमले उद्यमीहरूलाई अनुभवी विज्ञ तथा सफल व्यवसायीहरूसँग प्रत्यक्ष सिक्ने, आफ्नो व्यवसायिक यात्रालाई परिष्कृत गर्ने र बजारसँग जोडिने अवसर प्रदान गरेको थियो । कार्यक्रम सञ्चालन तथा समन्वय रचना खरेलले गरेकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. सुदन झाले स्टार्टअप यात्रा निरन्तर सिकाइ र अनुसन्धानको प्रक्रिया भएको बताए । उनले स्टार्टअपलाई “सिक्ने, सिक्ने र निरन्तर सिक्ने प्लेटफर्म” का रूपमा व्याख्या गर्दै उद्यमीहरूलाई समाजमा प्रभाव पार्ने खालका नवीन विचार विकास गर्न, अनुसन्धानमा आधारित भएर अगाडि बढ्न तथा आफ्ना सिर्जनात्मक सोचलाई व्यवहारमा उतार्न आग्रह गरे ।
यस्तै सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ हेमपाल श्रेष्ठले स्टार्टअपले आफ्नो ग्राहक पहिचान, स्पष्ट दृष्टिकोण र प्रभावकारी व्यवसायिक मोडल निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले ग्राहकको आवश्यकता बुझेर काम गर्नुपर्ने, सही बजार पहिचान गर्नुपर्ने र व्यवसाय सफल हुने सम्भावना नदेखिए समयमै उचित निर्णय लिनुपर्ने सुझाव दिए ।
यसैगरी प्रतीक इनोभेसन्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जतिन भुसालले स्टार्टअपहरू सिर्जनात्मक विचार र नवीन समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले केवल रोजगारीप्रतिको असन्तुष्टिका कारण मात्र स्टार्टअप सुरु नगरी स्पष्ट उद्देश्य, समस्या समाधान गर्ने क्षमता र दीर्घकालीन सोचका साथ उद्यमशीलतामा लाग्नुपर्ने बताए ।
यस्तै टिङ टिङका सीबीओ सुजन प्रजापतिले सरल विचारबाट पनि सफल उद्यमको सुरुवात गर्न सकिने बताए । उनले नेपाल स्टार्टअपका लागि सम्भावनायुक्त बजार भएको उल्लेख गर्दै उद्यमीहरूले जोखिम लिन तयार हुनुपर्ने, असफलताबाट सिक्दै अघि बढ्नुपर्ने र दीर्घकालीन सहकार्य निर्माण गर्नुपर्ने बताए । उनले नेपालमा कम्पनी दर्ता मुख्य समस्या नभए पनि स्रोत, लगानी र आवश्यक सहयोग प्राप्त गर्नु अझै चुनौती रहेको उल्लेख गरे ।

BIS कार्यक्रम २०२६ का मेन्टरहरू
बिजनेस इन्क्युबेसन सेवा (BIS) कार्यक्रम २०२६ लाई सफल बनाउन तथा सहभागी स्टार्टअपहरूलाई आवश्यक ज्ञान, अनुभव र व्यवसायिक मार्गदर्शन प्रदान गर्न अनुभवी मेन्टरहरूको महत्वपूर्ण योगदान रहेको थियो । कार्यक्रममा मेन्टरको भूमिकामा प्रशान्त फुयाँल, अस्मी कार्की, राज विक्रम महर्जन, भुषण राज गिरी, विकास कर्ण, मनोज कुमार घले र सन्तोष पौडेल रहेका थिए ।
यसैगरी, सौगात बास्तोला र क्षितिज दाहाल निर्धारित कार्यक्रममा विशेष कारणवश उपस्थित हुन सकेनन् ।
निर्णायक तथा मूल्याङ्कन समिति
बुटक्याम्प चरणका निर्णायकहरूमा बागमती प्रदेशबाट नरेश लाम्गादे, सुमनलाल प्रधान, संजय पौडेल र विकास पोखरेल रहनुभएको थियो भने कोशी प्रदेशका निर्णायकहरूमा इन्जिनियर चन्द्र प्रसाद आचार्य, इन्जिनियर केशव भण्डारी र दिलिप भट्टराई रहेका थिए ।
अन्तिम चरणका निर्णायकहरूमा सजना महर्जन अमात्य – चिफ अफ पार्टी, प्लान इन्टरनेसनल नेपाल, सञ्जय पौडेल – सल्लाहकार, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा अनुकुर शर्मा – निर्देशक, इनोभेसन, लिपफ्रग टेक्नोलोजी इंक. रहेका हुन् ।
कोशी प्रदेशका उत्कृष्ट पाँच स्टार्टअप
कोशी प्रदेशबाट उत्कृष्ट पाँचमा पर्न सफल स्टार्टअपहरूमा लोकल बजार (अनिल शिवाकोटी), मेडिक्याब टेक्नोलोजिज (कृत नारायण भगत र सञ्जय सुवाल), माइन्ड ब्रिज (जीवन कुमार कुशवाहा र दिपेश आचार्य), सफारी यात्री (मौसम तामाङ र रजिप राई) तथा भोल्ट भी रहेका थिए ।
कोशी प्रदेशको विजेतामा सफारी यात्री घोषित भयो । विजेता टोलीले प्रमाणपत्रसहित नगद पुरस्कार रु. १ लाख प्राप्त गरेको थियो ।
बागमती प्रदेशका उत्कृष्ट पाँच स्टार्टअप
बागमती प्रदेशबाट उत्कृष्ट पाँचमा पर्न सफल स्टार्टअपहरूमा क्लाउड साथी (नवीन कुमार श्रेष्ठ र अनिल कुमार पन्त), म्याच२४ अर्बिटल्स (मोहन तामाङ, रुबिता मगर र सुनिल बिष्ट), रिटेल साथी (उमेश उपाध्याय, मनीष ढुंगेल, सुशीला अधिकारी र प्रकृति पोखरेल), सम्पर्क डिजिटल लोयल्टी (श्रीयांश श्रेष्ठ, राहुल राजभण्डारी, क्रिस्चल श्रेष्ठ र प्रशान्त नेपाली) तथा द भिजनरी नेपाल (मेदिनी अर्याल र खेसाङ योङहाङ) रहेका थिए ।
बागमती प्रदेशको विजेतामा सम्पर्क डिजिटल लोयल्टी घोषित भयो । विजेता टोलीले प्रमाणपत्रसहित नगद पुरस्कार रु. १ लाख प्राप्त गरेको थियो ।
सम्मान तथा प्रमाणपत्र वितरण
कार्यक्रममा BIS Program २०२६ मा उत्कृष्ट पाँचमा पर्न सफल सहभागी सबै स्टार्टअप टोलीहरूलाई उनीहरूको सक्रिय सहभागिता र योगदानको कदर गर्दै सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मेन्टर, वक्ता तथा सहयोगी व्यक्तित्वहरूलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
विशिष्ट अतिथिहरूको उपस्थिति
कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, प्रविधि विज्ञ, शिक्षाविद्, उद्यमी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा इन्जिनियर उमेश कुमार गुप्ता, मणिराम गौतम, आदेश खड्का, आनन्दराज खनाल, अनिल कुमार दत्त, विक्रम श्रेष्ठ, वीरेन्द्र कुमार मिश्र, बृजेन्द्र रोचन जोशी, चिरञ्जीवी अधिकारी, डा. भोजराज घिमिरे, डा. प्रदीप पौड्याल, गणेश शाह, गंगा सुब्बा, गौरव राज पाण्डे, गुणकेशरी प्रधान, मनोहर कुमार भट्टराई, नारायण तिमल्सिना, प्रा.डा. मनिष पोखरेल, प्रा.डा. सुवर्ण शाक्य, प्रा.डा. बालकृष्ण बल, रामप्रसाद रिमाल, रमेश शर्मा पौड्याल, शिशिर पछाई, सिमोली गौतम देसाई, स्नेहा भट्टराई, सुलभ तिमल्सिना, सुमन पोखरेल, विवेक राणा, बृजेश गुप्ता, सिर्जना झा, उत्सव चौहान, मनोज कुमार घले, सुजल तामाङ, आयुष कुशवाहा, वर्षा श्रेष्ठ, रिबिका श्रेष्ठ तथा ओजस्वी शर्मा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यस्तै, पूर्वमन्त्री गणेश साह अतिथिको रुपमा उपस्थित भएका थिए । यस कार्यक्रमले उद्यमी, मेन्टर, सरकारी निकाय, निजी क्षेत्र तथा प्रविधि विज्ञहरूबीच सहकार्यको वातावरण निर्माण गर्दै नेपालको स्टार्टअप इकोसिस्टमलाई थप मजबुत बनाउने विश्वास लिएको छ ।
प्रतिक्रिया