ताजा समाचार

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा, विश्वस्तरीय डिजाइन अब नजिकै

मंगलबार, ०९ असार २०८३, १५ : ५७

काठमाडौं– कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै राजधानीमा आफ्नो रिटेल नेटवर्कलाई थप सुदृढ बनाएको छ । 

शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत सृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।

शोरुमको औपचारिक उद्घाटन हिजो, असार ८ गते सोमबार बिहान १०ः३० बजे रिबन काटेर सम्पन्न भयो । उक्त भव्य उद्घाटन समारोहमा मुख्य अतिथि नेपालका पूर्व प्रधानन्यायाधीश सम्माननीय प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसेडर दिव्या रायमाझी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो, जसले कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधि र शिव शक्ति बिजनेस हाउसका नेतृत्वसँग मिलेर औपचारिक रूपमा शोरुमलाई समुदायका लागि खुल्ला गरे ।

आधुनिक र आकर्षक शैलीमा व्यवस्थित गरिएको यस शोरुमले ग्राहकलाई टायल खरिदको एक उत्कृष्ट अनुभव प्रदान गर्नेछ । यसले ग्राहकहरूलाई विभिन्न टायल्सको प्याटर्न, फिनिसिङ र साइजहरूलाई प्रत्यक्ष रूपमा छामेर, महसुस गरेर र हेरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज बनाउनेछ ।

“शिव शक्ति बिजनेस हाउससँगको यो सहकार्य जोरपाटी, नारायणटार र यस आसपासका द्रुत रूपमा विकास भइरहेका क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो । 

हाम्रो विश्वस्तरीय कलेक्सनलाई स्थानीय बासिन्दाहरूको नजिकै पुर्याएर हामी उनिहरूको घर निर्माण प्रक्रियालाई सहज बनाउन र आफ्ना कोठा तथा घरहरूलाई थप आकर्षक बनाउनका लागि उत्कृष्ट एवं आधुनिक डिजाइनका सर्फेसिङ सामग्रीहरू उपलब्ध गराउन चाहन्छौं,” उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका एक प्रतिनिधिले भने ।

नारायणटार, जोरपाटीस्थित दक्षिणढोकामा सहज पहुँच हुने गरी स्थापना गरिएको यो शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ जहाँ आधुनिक टायल डिजाइन र उच्च गुणस्तरीय निर्माण सामग्रीहरू बुझ्न तथा खरिद गर्न चाहने जोकोहीलाई पनि हार्दिक स्वागत गर्दछ ।

IMG-20260623-WA0011.jpg

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । 

कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । 

गुणस्तर र दिगोपनाप्रतिको यसको प्रतिबद्धता ISO ९००१ः२०१५ र ISO १४००१ः२०१५ प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यता र प्रतिष्ठित NS Quality Award २०२६ मार्फत स्पष्ट हुन्छ, जसले यसलाई एक विश्वसनीय उद्योग नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ ।

३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । 

हाल कजारियाको नेपालभर १०० + शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ । यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०x१२० से.मी., ६०x६० से.मी., ४०x४० से.मी. (८ मि.मी.), र १९.५x१२० से.मी.), सेरामिक वाल टायल्स ( ३०x६० से.मी. र ३०x४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स ( ४०x४० से.मी., १२ मि.मी.) समावेश छन् जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन् ।
 

मंगलबार, ०९ असार २०८३, १५ : ५७

प्रतिक्रिया