काठमाडौं- नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।
मंगलबार प्रतितोला चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ घटेको हो ।
प्रतिक्रिया