अब नेपाल प्रहरीले पनि १५/१५ दिनमा तलब पाउने

बुधबार, १० असार २०८३, १३ : ०९

काठमाडौं- नेपाल प्रहरीका कर्मचारीले अब मासिक एकमुष्ट नभई अर्धमासिक रूपमा अर्थात् प्रत्येक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई परिपत्र जारी गर्दै आगामी आर्थिक वर्षदेखि १५ दिनको अन्तरालमा तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

प्रशासन विभागका डीआईजी हिमालयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा अर्थमन्त्रीस्तरको वैशाख ४ गतेको निर्णय तथा महालेखा नियन्त्रक कार्यालय को वैशाख २१ गतेको पत्रअनुसार राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब–भत्ता उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख छ।

परिपत्रमा भनिएको छ कि,-हरेक महिनाको १५ दिन पूरा भएपछि तलब भुक्तानी हुने गरी प्रणालीमा आवश्यक प्रबन्ध गरिएको छ। सोही व्यवस्थाअनुसार आगामी आर्थिक वर्षदेखि सबै प्रहरी कार्यालयले तलब वितरण प्रक्रिया सञ्चालन गर्नुपर्नेछ।

सरकारले राष्ट्रसेवक कर्मचारीको नगद प्रवाह व्यवस्थापन सहज बनाउने तथा तलब भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले अर्धमासिक तलब वितरणको व्यवस्था लागू गर्न लागेको हो।

nepal-police-noticed

बुधबार, १० असार २०८३, १३ : ०९

प्रतिक्रिया