काठमाडौं– नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन गरेको ‘Can you solve the Puzzle’ नामक विशेष कन्टेस्टको विजेता घोषणा गरेको छ ।
ग्राहकहरूसँगको अन्तक्र्रियालाई अझ प्रगाढ बनाउन र उनिहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ब्रान्डले यो कन्टेस्ट सञ्चालन गरेको थियो । ग्राहकहरूको उत्साहजनक र व्यापक सहभागिता रहेको यस रोमाञ्चक प्रतियोगितामा नुवाकोट निवासी श्याम रिजाल विजेता बनेका हुन् ।
विजेता श्याम रिजाललाई सानेपास्थित सिजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले आकर्षक उपहार स्वरूप गर्मी मौसमका लागि अत्यन्तै उपयोगी र उत्कृष्ट ‘CG ब्रिजर २२ एयर कुलर’ (CG Breezer २२ Air Cooler) हस्तान्तरण गरे ।
यस प्रतियोगितामा ग्राहकहरूबाट प्राप्त अपार सहभागिताले सिजी ब्रान्डप्रतिको माया र विश्वासलाई फेरि एकपटक प्रमाणित गरेको छ ।
‘Experience Life with CG’ को मूल नारालाई आत्मसात गर्दै, आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै उनिहरूसँग जोडिन र खुसी साट्न यस्तै रोमाञ्चक र आकर्षक प्रतियोगिताहरू ल्याइरहने प्रतिबद्धता सिजी ब्रान्डले जनाएको छ ।
प्रतिक्रिया