नेपाल पत्रकार महासंघले असार २१ मा राष्ट्रिय सम्मेलन बोलायो

विहीबार, ११ असार २०८३, १६ : २१

काठमाडौं- नेपाल पत्रकार महासंघले आगामी असार २१ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। महासंघले देशभरका प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाका अध्यक्षहरूलाई सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी पत्रअनुसार सम्मेलन असार २१ गते बिहान ९ बजे काठमाडौंमा सुरु हुनेछ।

सम्मेलनमा महासंघको केन्द्रीय समिति, प्रदेश समितिका पदाधिकारी, जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाका अध्यक्षहरूको सहभागिता रहने जनाइएको छ।

महासंघले पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, सञ्चार क्षेत्रका चुनौती, श्रमजीवी पत्रकारका अधिकार तथा ती समस्याको समाधानका उपायबारे व्यापक छलफल गर्न सम्मेलन आयोजना गरिएको जनाएको छ।

सम्मेलनका लागि तय गरिएका मुख्य एजेन्डामा महासंघले सञ्चालन गरिरहेको आन्दोलनको समीक्षा तथा आगामी रणनीति, संघीय, प्रदेश र स्थानीय सञ्चार नीतिको समीक्षा तथा समसामयिक विषयहरू समावेश गरिएको छ।

पत्रमा महासंघका सबै सम्बन्धित निकायलाई निर्धारित समयमै उपस्थित भई सम्मेलन सफल बनाउन अनुरोध गरिएको छ।

729855963_4587297348264035_2805233757920838515_n

विहीबार, ११ असार २०८३, १६ : २१

प्रतिक्रिया