अपडेट

आजको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित

शुक्रबार, १२ असार २०८३, १० : १७

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन नसकिएपछि प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ । 

बिहीबारका लागि बोलाइएको बैठक आज दिनको १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । आज पनि रास्वपा महाधिवेशन नसकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरेका हुन् । 

असार ७ गतेबाट चितवनको भरतपुरमा सुरु भएको रास्वपा महाधिवेशन अझै सकिएको छैन । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सदस्य छन् ।

शुक्रबार, १२ असार २०८३, १० : १७

प्रतिक्रिया