काठमाडौं- ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस पार्टनर समिट सफलतापूर्वक आयोजना गरेको छ । नेपाली विद्यार्थी र पेशाकर्मी (व्यवसायिक व्यक्ति) लाई आइइएलटिएसको माध्यमबाट अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी तथा आप्रवासनका अवसरको पहुँच दिलाउन यसका साझेदार संस्थाले पुर्याएको योगदानलाई सम्मान र कदर गर्न आयोजित समिटमा नेपालका विभिन्न क्षेत्रका साझेदार संस्था सहभागी भएका थिए ।
समिटमा ब्रिटिस काउन्सिल र यसका साझेदार संस्थाबीचको सुदृढ सहकार्यबारे विस्तृत रुपमा चर्चा गर्दै नेपालमा अन्तर्राष्ट्रिय योग्यता र शैक्षिक अवसरमा पहुँच विस्तार गर्ने आफूहरुको साझा प्रतिवद्धतालाई पुनः स्मरण गरिएको थियो ।
सो अवसरमा अप्रिल २०२५ देखि मार्च २०२६ सम्म अवधिमा आइइएलटिएस दर्तामा उदाहरणीय कार्य गरेको साझेदारलाई सम्मान समेत गरिएको थियो ।
साझेदारसँगको निरन्तर सहकार्यप्रति आभार व्यक्त गर्दै ब्रिटिस काउन्सिल नेपालको परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक (कन्ट्री एक्जाम्स डाइरेक्टर) प्रतिष्ठा थापा रायमाझीले भन्नुभएको छ– “हाम्रा साझेदारहरुले हजारौं युवालाई अन्तर्राष्ट्रिय शिक्षा, करियर र विश्वव्यापी अवसरसँग जोडेर उनीहरूको भविष्य निर्माणमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साझेदारहरुको प्रतिवद्धता र मार्गदर्शनले विद्यार्थीलाई आफ्ना लक्ष्यहरू हासिल गर्न आत्मविश्वाससहित अघि बढ्न सहयोग गरेको छ ।
त्यसैले हामी उनीहरूको अमूल्य योगदानको सम्मान गर्दै IELTS on Computer सेवा सुरु गर्न पाउँदा उत्साहित छौं । योसँगै IELTS on Computer र Paper–based IELTS दुवै विकल्प उपलब्ध हुनेछ । यो सेवाले परीक्षार्थीलाई आइइएलटिएसका लागि थप सहजता र तत्काल नतिजा प्रकाशनका साथैविद्यार्थी र बजारको आवश्यकता अनुसार परीक्षा सञ्चालन गर्ने अवसर प्रदान गर्नेछ । तसर्थ, हामी आपसमा मिलेर नयाँ पुस्तालाई जीवनोपयोगी अवसरकोपहुँच दिलाउन प्रतिबद्ध छौं ।”
ब्रिटिस काउन्सिल नेपालका बिजनेस डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीले भन्नुभएको छ– “हाम्रा साझेदारहरूले नेपाली विद्यार्थी र पेशाकर्मीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्नुका साथै विश्वव्यापी मञ्चमा सहभागी हुने नेपालको आकांक्षालाई सहयोग गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । IELTS on Computer को सेवा शुरुवात्सँगै हामी अन्तर्राष्ट्रिय अंग्रेजी भाषा मूल्याब्कनलाई थप सहज, पहुँचयोग्य र भविष्यका लागि अझ प्रभावकारी बनाउँदैछौं ।
आइइएलटिसबाहेक हामी रोजगारदाता र अन्य संस्थाहरूका लागि अंग्रेजी भाषाको शिक्षण, सिकाइ र मूल्याब्कन सेवा उपलब्ध गराउने तयारीमा छौं, जसबाट दक्ष जनशक्ति, रोजगारीका लागि चाहिने योग्यता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक दक्षतालाई सुदृढ बनाउन सहयोग पुग्नेछ ।
हाम्रा साझेदारसँग मिलेर नेपालको प्रतिभालाई विश्व मञ्चमा सफल हुन चाहिनेसीप र ज्ञान प्रदान गर्ने कार्यलाई निरन्तरता दिनेछौ ।”

सन् २०२५ देखि ब्रिटिस काउन्सिलले नेपालमा आइइएलटिसको परीक्षा सञ्चालन हुने विभिन्न स्थानमा साझेदार संस्था छनोटका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्षेत्रीय तहका ती कार्यक्रममा उत्कृष्ट कार्य गर्ने साझेदारहरुलाई सहभागी गराउने गरिन्छ । निम्न लिखित साझेदारहरुले आफ्नो सम्वन्धित क्षेत्रमा गरेको योगदानका लागि प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

प्रतिक्रिया