नेपाली युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित: युवा उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक नेतृत्व विकासमा जोड

आइतबार, १४ असार २०८३, १२ : ३१

काठमाडौं- नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर च्याप्टरको वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ। साधारण सभाले अनुकूल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ।

नवनिर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठले आफ्नो कार्यकालमा युवा उद्यमीहरूको क्षमता विकास, नवप्रवर्तन (Innovation), स्टार्टअप प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको सशक्त इकोसिस्टम विकासलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताए । उनले निजी क्षेत्रको भविष्य नवप्रवर्तन, सिर्जनशीलता र युवा नेतृत्वसँग जोडिएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र युवाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। साथै,FNCCI ले NYEF सँग मिलेर स्टार्टअप, उद्यमशीलता विकास, वित्तीय पहुँच, मार्गदर्शन (Mentorship) तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नेटवर्क विस्तारका क्षेत्रमा थप प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालले नवनिर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ तथा सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नेपालको आर्थिक विकासमा युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। आफू स्वयं पनि स्टार्टअप उद्यमसँग जोडिएको अनुभव भएकाले युवा उद्यमीहरूले भोग्ने चुनौतीप्रति सरकार संवेदनशील रहेको बताउँदै स्टार्टअप प्रवर्द्धन, उद्यमशीलता विकास, लगानीमैत्री वातावरण निर्माण, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको धारणा राखे। 

उनले NYEFजस्ता संस्थाहरूले नेपालमा अवसर र सम्भावनाको सकारात्मक सन्देश प्रवाह गर्दै नयाँ पुस्तालाई उद्यमशीलतामा प्रेरित गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा युवा उद्यमशीलता, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व विकास तथा सरकार–निजी क्षेत्र–युवा उद्यमीबीच सहकार्य विस्तारका विषयमा समेत छलफल गरिएको थियो ।
नवगठित कार्यसमिति
*   अनुकूल श्रेष्ठ – अध्यक्ष
*  एल्भिस रञ्जित – निवर्तमान अध्यक्ष
*   प्रकिरण श्रेष्ठ – प्रथम उपाध्यक्ष
*   आशिष भण्डारी – द्वितीय उपाध्यक्ष
*   आशंक श।ज।ब राणा – कार्यसमिति सदस्य
*    रितेज श्रेष्ठ – कार्यसमिति सदस्य
*  अभिषेक शारदा – कार्यसमिति सदस्य
*   श्रद्धा कटुवाल – कार्यसमिति सदस्य
*  कुशल जोशी – कार्यसमिति सदस्य
*    अनिष रौनियार – कार्यसमिति सदस्य
*   नीरज काफ्ले – कार्यसमिति सदस्य
*    अस्मी श्रेष्ठ – कार्यसमिति सदस्य
*   निकीता श्रेष्ठ – कार्यसमिति सदस्य
*   अभिनभ राज श्रेष्ठ – कार्यसमिति सदस्य
*    क्षितिज ध्वज थापा – कार्यसमिति सदस्य
 

आइतबार, १४ असार २०८३, १२ : ३१

प्रतिक्रिया