काठमाडौं- नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि मासिक रूपमा स्वतः नवीकरण हुने Subscription–Based Model अन्तर्गत विभिन्न प्याकेज सञ्चालनमा ल्याएको छ । यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सक्रिय (Subscribe) गरिरहनुपर्ने आवश्यकता रहने छैन । सो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्को पटक देखि ग्राहकको मोबाइल ब्यालेन्स रकमको आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुनेछ ।
नेपाल टेलिकमले यसका लागि ३० दिन समयावधिका तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ । यस अन्तर्गत रु. २९९ मा ‘नमस्ते रिकरिङ २९९’ प्याक उपलब्ध हुनेछ । यसमा ३०० मिनेट सबै नेटवर्कमा कल गर्न सकिने अल–नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने चार जीबी डाटा र राती ११ बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने दुई जीबी नाइट डाटा तथा कम्पनीको नेटवर्कमा मात्र पठाउन सकिने २० वटा अन–नेट एसएमएस उपलब्ध हुनेछन् ।
त्यसैगरी रु. ४९९ मा ‘नमस्ते रिकरिङ ४९९’ प्याक उपलब्ध हुनेछ । यसमा ५०० मिनेट अल–नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने आठ जीबी डाटा र राती ११ बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने चार जीबी नाइट डाटा तथा सबै नेटवर्कमा पठाउन सकिने १०० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछन् ।
रु. ७९९ मा ‘नमस्ते रिकरिङ ७९९’ प्याक उपलब्ध हुनेछ । यसमा सबै नेटवर्कमा असीमित रुपमा कल गर्न सकिने सुविधा भएको अल–नेट भ्वाइस, प्रतिदिन प्रयोग गर्न सकिने १० जीबी अर्थात मासिक ३०० जीबी डाटा र ३०० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछन् ।
यसैगरी उक्त सब्स्क्रिप्सनमा आधारित प्याकेज लिने ग्राहकलाई आवश्यकता अनुसार एड–अन प्याकेज समेत उपलब्ध गराइने छ । सो प्याकेज अन्तर्गत रु. ३० मा १ दिनका लागि १ जीबी, रु. ५० मा ३ दिनका लागि २ जीबी र रु. ९९ मा ७ दिनका लागि ४ जीबी डाटा उपलब्ध हुनेछ ।
सेवाग्राहीले *1415# डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याकेज खरिद गर्न सक्ने छन् ।
प्रतिक्रिया