सुनचाँदी

सोमबार सुन र चाँदी दुवैको मूल्य ओरालो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सोमबार, १५ असार २०८३, ११ : ०८

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको प्रति १० ग्राम मूल्य २ लाख ४२ हजार १ सय १५ रुपैयाँ कायम भएको छ भने चाँदीको प्रति १० ग्राम मूल्य ३ हजार ६ सय ९५ रुपैयाँ तोकिएको छ।

दैनिक रूपमा अद्यावधिक हुने सुनचाँदीको मूल्यसम्बन्धी विवरण अर्थ सरोकार डटकमको ‘सुनचाँदी’ पेजमा हेर्न सकिन्छ।

सोमबार, १५ असार २०८३, ११ : ०८

प्रतिक्रिया