काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ पेश गरेका छन्।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२) बमोजिम सोमबार अर्थमन्त्री वाग्लेले उक्त विधेयक सभासमक्ष प्रस्तुत गरेका हुन्।
विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार प्राप्त गर्न तथा विभिन्न सरकारी निकायका सेवा र कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न उक्त विधेयक ल्याइएको जानकारी दिए।
उनका अनुसार विधेयकले संघीय सञ्चित कोषबाट खर्च गर्ने कानुनी अधिकार सुनिश्चित गर्नुका साथै सरकारका मन्त्रालय, विभाग तथा अन्य निकायलाई स्वीकृत बजेटअनुसार खर्च गर्ने व्यवस्था गरेको छ।
अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ अर्थसम्बन्धी विधेयकका रूपमा संघीय संसद्मा प्रस्तुत गरिएको स्पष्ट पारे।
प्रतिक्रिया