काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ यसदिन प्रतितोला चार हजार पाँच सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो ।
प्रतिक्रिया