काठमाडौं- नेपाली सेयर बजारमा मंगलबार पनि गिरावट आएको छ। साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.६३ अंकले घटेर २,६०८.३३ बिन्दुमा झरेको हो।
आज नेप्सेमा सूचीकृत ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रह्यो। बैंकको १३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
मंगलबारको कारोबारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। यता टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरेका छन्।
लगातार दोस्रो दिन नेप्से परिसूचक ओरालो लागेसँगै बजारमा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ।
प्रतिक्रिया