काठमाडौं- टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी टाटा सिएरा ईभी भारतीय बजारमा लन्च भएको छ । यसको सुरुवाती मूल्य १८ लाख ७९ हजार भारु निर्धारण गरेको छ ।
टाटा सिएरा ईभी प्योर, प्योर एस, एडभेन्चर, एम्पावर र एम्पावर ए लगायत ७ भेरिएन्टमा उपलब्ध छ। यसमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याकको विकल्प पनि दिइएको छ । कम्पनीका अनुसार ७५ किलोवाट आवर ब्याट्री प्याकले फुल चार्जमा ६६५ किलोमिटरको रेन्ज प्रदान गर्छ । फास्ट चार्जिङको सहायताले केवल १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटर सम्म चलाउन सकिने कम्पनीको दाबी छ । साथै कम्पनीले ब्याट्रीमा लाइफटाइम वारेन्टीसमेत उपलब्ध गराएको छ ।
भारतमा टाटा सिएरा ईभीको बुकिङ जुन ३० देखि सुरु भएको छ भने डेलिभरी जुलाई १५ देखि सुरु गरिनेछ । सो इलेक्ट्रिक एसयूभीले महिन्द्रा एक्सईभी ९ई, महिन्द्रा बीई ६, एमजी जेडएस ईभी, एमजी विन्डसर ईभी, हुन्डाई क्रेटा इलेक्ट्रिक तथा भिनफास्ट भीएफ ७ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
टाटा सिएरा ईभीको बाहिरी डिजाइन निकै आकर्षक बनाइएको छ । यसमा अगाडि र पछाडि एलईडी हेडलाइट र टेललाइटको साथमा कनेक्टिङ एलईडी बार र १९ इन्चका अलोय ह्विल समावेश गरिएको छ । इन्टेरियरमा लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड फिचर, हाइपर हेड्स–अप डिस्प्ले र वायरलेस मोबाइल चार्जर जस्ता फिचर समावेश गरिएको छ । म्युजिक सिस्टमका लागि यसमा १२ स्पिकरयुक्त जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस प्रविधिको उपलब्ध छ ।
सेफ्टीका लागि टाटा सिएरा ईभीमा ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड, लेभल २ एडास तथा अन्य अत्याधुनिक सेफ्टी फिचर समावेश गरिएको छ। यसमा बुस्ट मोड र रिल्याक्स मोडसहित कुल ६ वटा ड्राइभिङ मोड उपलब्ध छ । यसको फोर ह्विल ड्राइभ भेरिएन्टले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्छ । सो एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ५.८ सेकेन्डमा हासिल गर्न सक्छ ।
यसमा फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सन प्रयोग गरिएको छ । साथै ६२२ लिटर क्षमताको पछाडिको बुट स्पेस र ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेज पनि दिइएको छ ।
प्रतिक्रिया