काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुर स्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स ( एबिएफ) द्धारा होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत “Nepal Domestic Liquidity Management Bank of the Year”, “Nepal Domestic Trade Finance Bank of the Year”, तथा रिटेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत “Domestic Retail Bank of the Year- Nepal” र “SME Bank of the Year- Nepal” बाट सम्मानित भएको जानकारी गराउन पाउँदा गौरवान्वित भएका छौँ ।
यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रति बैंककोे अटल प्रतिबद्धतालाई जोड दिन्छ ।
यस अवसरमा हामीप्रति निरन्तर विश्वासका साथ सहकार्य गर्नुहुने हाम्रा आदरणीय सेयरधनी तथा ग्राहकहरूमा हार्दिक आभार व्यक्त गर्दछौं । साथै, हाम्रो उन्नति र सफलतामा महत्वपूर्ण भुमिका खेल्नुहुने नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । यसले हामीलाई हाम्रा सेवाहरू अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन प्रेरित गर्दछ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७बmउस एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
प्रतिक्रिया