सुनचाँदी

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सोमबार, २२ असार २०८३, ११ : २६

काठमाडौं- नेपाली बजारमा आज सोमबार (असार २२) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८९ हजार ४०० रुपैयाँ कायम छ । आइतबार ९असार २१० छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ५८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार, २२ असार २०८३, ११ : २६

प्रतिक्रिया