टिकटकद्वारा त्रैमासिक रिपोर्ट सार्वजनिक : नेपालमा तीन महिनामै करिब २० लाख भिडियो हटाइए

बुधबार, २४ असार २०८३, १८ : ०८

काठमाडौं- टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी-मार्च) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा जनवरीदेखि मार्च २०२६ सम्म टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टलाई पहिचान गरी हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण समेटिएको छ, जसले विश्वभरका प्रयोगकर्ताका लागि सकारात्मक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

सन् २०२६ को पहिलो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका १,९६१,६९८ वटा भिडियो हटाइएको छ। यो अवधिमा प्रकाशित भएका कुल भिडियोमध्ये करिब ०.४ % भिडियो हटाइएको हो। जनवरीदेखि मार्च २०२६ सम्म कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९.२% रहेको थियो, जसमध्ये ८६.५ % भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो। यसै अवधिमा नेपालमा ६१,९९२ वटा भिडियो थप समीक्षापछि पुनःस्थापित गरिएको थियो। विश्वव्यापी रूपमा हेर्दा, यस अवधिमा टिकटकले १८४ मिलियन (१८४,०१२,५७६) वटा भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५% हो। हटाइएका भिडियोमध्ये १७८,०१४,१५४ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पहिचान गरी हटाइएको थियो भने थप समीक्षापछि ८,८३८,७१० वटा भिडियो पुनःस्थापित गरिएको थियो।

यस अवधिमा कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९.३% पुगेको थियो भने फ्ल्याग गरिएका कन्टेन्टमध्ये ९४.४% पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो। टिकटकको विश्वसनीयता कायम राख्ने प्रयासअन्तर्गत यस त्रैमासिकमा ८६,२८८,७०५ वटा फेक एकाउन्ट हटाइएका छन्। साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका २५,७६४,३७२ वटा एकाउन्ट पनि हटाइएको छ। प्रतिवेदनले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणाली निरन्तर विकसित हुँदै गएको देखाएको छ। अहिले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने अधिकांश कन्टेन्ट अटोमेसन प्रविधिमार्फत पहिचान गरी हटाइँदै आएको छ।

प्रतिवेदनमा विभिन्न प्रकारका कन्टेन्टमाथिको कार्यान्वयन प्रवृत्तिबारे पनि जानकारी दिइएको छ। भिडियो हटाउने दर ०.५% मा स्थिर रहँदा कमेन्ट हटाउने दर घट्दै करिब ०.२% मा पुगेको छ। यसैबीच, टिकटक लाइभमा हुने गतिविधिमाथिको निगरानी थप कडा बनाइएको छ। लाइभ प्रसारण सस्पेन्सन दर बढेर २.७% पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो। यसले प्रत्यक्ष प्रसारणका क्रममा पनि सुरक्षित वातावरण कायम राख्न टिकटकले गरेको निरन्तर लगानीलाई प्रतिबिम्बित गर्छ।

यस अवधिमा टिकटकले ५८,२०७,३८९ वटा लाइभ सेसनमा चेतावनी दिने वा मनिटाइजेसन बन्द गर्ने कारबाही गरेको छ। साथै २१,९६६,६६७ जना लाइभ क्रियटरमाथि पनि यस्तै कारबाही गरिएको थियो। थप समीक्षापछि ४,१७१,६७७ वटा लाइभ सेसन पुनःस्थापित गरिएको थियो। कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा सार्वजनिक गर्दै आएको टिकटकले कन्टेन्ट तथा एकाउन्ट  माथि गरिएका कारबाहीको परिमाण र प्रकृतिबारे पारदर्शी जानकारी उपलब्ध गराउँदै आएको छ। सन् २०२६ को पहिलो त्रैमासिक प्रतिवेदन तथा टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिबारे थप जानकारीका लागि अंग्रेजी भाषामा उपलब्ध टिकटक ट्रान्सपेरेन्सी सेन्टर हेर्न सकिन्छ।

टिकटकको बारेमा:
टिकटक छोटो आकारका मोबाइल भिडियोका लागि विश्वकै अग्रणी प्लेटफर्म हो। यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र खुसी फैलाउनु हो। टिकटकका विश्वव्यापी मुख्यालय लस एन्जलस र सिङ्गापुरमा रहेका छन्। साथै न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियो लगायतका सहरमा यसको कार्यालयहरू सञ्चालनमा
छन्।

बुधबार, २४ असार २०८३, १८ : ०८

प्रतिक्रिया