सरकारको कार्यसम्पादनमाथि प्रश्न

असार सकिन लाग्दा पुँजीगत खर्च ४० प्रतिशतमा सीमित : बजेट सकियो, विकास खर्च सकिएन

विहीबार, २५ असार २०८३, १० : ५३

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले असार २४ गतेसम्म कुल बजेटको ७८ प्रतिशत अर्थात् १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ मात्र खर्च गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमध्ये पुँजीगततर्फ ४० प्रतिशत मात्र खर्च भएको छ। ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएकामा १ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ मात्रै खर्च भएको हो।

यता चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँमध्ये १० खर्ब ३० अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ, जुन ८७.२५ प्रतिशत हो। वित्तीय व्यवस्थापनतर्फ भने ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँको लक्ष्यमा ३ खर्ब ३८ अर्ब ३६ करोड रुपैयाँ व्यवस्थापन गर्दै ९०.१७ प्रतिशत प्रगति भएको छ।

विहीबार, २५ असार २०८३, १० : ५३

प्रतिक्रिया