काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेका छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार तोलामा चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६० रूपैयाँ घटेको हो ।
प्रतिक्रिया