अपडेट

सरकारी भुक्तानीको समयसीमा आज सकिँदै, कारोबार टुंग्याउन हतारो

विहीबार, २५ असार २०८३, १३ : ३७

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सरकारी निकायबाट गरिने सबै प्रकारका भुक्तानीका लागि आज (असार २५) अन्तिम दिन रहेको छ। प्रचलित कानुनी व्यवस्था अनुसार सम्बन्धित निकायहरूले बिहीबार राति १२ बजेसम्म डिजिटल प्रणालीमार्फत भुक्तानी सम्पन्न गरिसक्नुपर्नेछ।

उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजालका अनुसार ओमप्रसाद रिजाल आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार आज राति १२ बजेदेखि चालु आर्थिक वर्ष २०८२र८३ का सबै सरकारी भुक्तानी स्वतः बन्द हुनेछन्।

यो व्यवस्था सङ्घ, प्रदेश तथा स्थानीय तहका सबै सरकारी निकायमा समान रूपमा लागू हुने भएको छ। त्यसैले बाँकी रहेका भुक्तानीहरू आजभित्रै सम्पन्न गर्न सम्बन्धित कार्यालयहरूले आवश्यक प्रक्रिया टुंग्याउनुपर्नेछ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन र सरकारी लेखा प्रणालीलाई व्यवस्थित बनाउन प्रत्येक वर्ष असार २५ गतेसम्म चालु आर्थिक वर्षका भुक्तानी सम्पन्न गर्ने व्यवस्था गर्दै आएको छ। त्यसपछि नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रमअनुसार मात्रै नयाँ भुक्तानी प्रक्रिया अघि बढाइनेछ।

विहीबार, २५ असार २०८३, १३ : ३७

प्रतिक्रिया