टोयोटाको आधिकारिक डिलर अटोवेज पोखराको सेवा विस्तार, चितवनमा अत्याधुनिक ३एस सुविधा

शनिबार, २७ असार २०८३, १२ : ४७

काठमाडौं- नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ । कम्पनीले अटोवेज पोखरा प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै भरतपुरमा अत्याधुनिक ३एस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) सुविधा सहितको नयाँ शोरूम सञ्चालनमा ल्याएको हो ।

नयाँ अत्याधुनिक सुविधाले ग्राहकलाई बिक्री, सर्भिसिङ र स्पेयर पाट्र्ससम्बन्धी मर्मत तथा सेवा एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्नेछ। कम्पनीका अनुसार यस सुविधिले चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनेछ ।

उद्घाटन समारोहमा अटोवेज पोखरा प्रालिका अध्यक्ष राजनभाइ पटेलले ग्राहकको विश्वास नै कम्पनीको दीर्घकालीन सफलताको आधार रहेको बताउँदै विगत सय २०२४ मा भरतपुरबाट यात्रा सुरु गरेको अटोवेज विगत २५ वर्षमा ग्राहकसँग विश्वासको सम्बन्ध निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले अत्याधुनिक ३एस सुविधा ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव र प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको बताए ।

5646a8c2-25e0-46dd-90a5-f27fa5c7f4d4

उनले उद्योग, यातायात र कृषि क्षेत्रमा तीव्र विकाससँगै नेपालको सबैभन्दा सम्भावनायुक्त क्षेत्रमा चितवन रहेको बताउँदै एक कम्पनीले ग्राहकलाई विश्वसनीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको बताए ।

कार्यक्रममा वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज (भिओआई) का अध्यक्ष सुरज वैद्यले टोयोटाको नयाँ वितरकको चितवनमा उपस्थितिले ग्राहकको विश्वास थप मजबुत बनेको बताए । उनका अनुसार गुणस्तर, सुरक्षा, टिकाउपन र विश्वसनीयताका कारण टोयोटाले विश्वव्यापी पहिचान कायम राखेको छ ।

चितवनमा अत्याधुनिक ३एस सुविधा सञ्चालनमा आउनु यस क्षेत्रका ग्राहकका लागि महत्वपूर्ण उपलब्धि हो, जसले भविष्यमा चितवनका ग्राहकले राजधानी धाउनुपर्ने झन्झट बिना आफ्नै शहरमा अन्तर्राष्ट्रियस्तरको बिक्री तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सक्नेछन् ।

पछिल्ला वर्षहरूमा उद्योग, व्यापार, पर्यटन, यातायात तथा कृषि क्षेत्रमा तीव्र विस्तारसँगै चितवन प्रमुख आर्थिक केन्द्रका रूपमा विकसित हुँदै गएको छ । यस्तो अवस्थामा टोयोटाको अत्याधुनिक ३एस सुविधा सञ्चालनमा आउनुले स्थानीय ग्राहकलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै यस क्षेत्रको अटोमोबाइल बजारलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।
 

शनिबार, २७ असार २०८३, १२ : ४७

प्रतिक्रिया