काठमाडौं– स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘Real Drivers Wanted’ भन्ने ट्यागलाइनसहित स्कोडा शोरुममा सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका छन् । उनहरुले कारको मालिक त धेरैजना बन्छन्, तर वास्तविक चालकहरूले मात्र सडकलाई नै आफ्नो बनाउँछन् भन्ने स्पष्ट सन्देश दिएकन छन् । कुशाक चार्टमा तुलना गरेर उत्कृष्ट देखिने गाडी होइन, यो त स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक अनुभवलाई प्राथमिकता दिने चालकका लागि निर्माण गरिएको एसयूभी हो ।
यही सोच कुशाकको इन्जिनियरिङमा पनि झल्किन्छ । १.० लिटर र १.५ लिटर TSI इन्जिन विकल्पमा उपलब्ध यो एसयूभी ८–स्पिड अटोमेटिक ट्रान्समिसन तथा DSG ट्रान्समिसनले सुसज्जित छ, जसले उत्कृष्ट नियन्त्रण र सहज प्रतिक्रिया प्रदान गर्दै वास्तविक ड्राइभिङको आनन्द दिन्छ । साथै, पछाडिको सिटमा उपलब्ध मसाज सुविधाले यस सेग्मेन्टमा विरलै पाइने युरोपेली स्तरको आराम प्रदान गर्छ । यसको अर्थ कुशाकलाई सुरुमा उत्कृष्ट इन्जिनियरिङ गरिएको छ र त्यसपछि आरामलाई ध्यानमा राखेर निर्माण गरिएको छ ।
नेपालमा कुशाकको विशेषता यसको उत्कृष्ट फिचरमा मात्र सीमित छैन, यसको स्वामित्व लागत पनि उत्तिकै आकर्षक छ । युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी रु. ५७ लाख ९० हजारदेखि उपलब्ध छ, जसले विश्वस्तरीय ड्राइभिङ अनुभवलाई अझ सहज पहुँचमा ल्याएको छ । साथै, Promise of १२ अन्तर्गत देशभरका १२ वटै सेवा केन्द्रबाट वार्षिक मर्मत सम्भार योजना पनि उपलब्ध छ । यसमा कुनै लुकेका शुल्कहरू छैनन् र हरेक १२ महिना वा १२,००० किलोमिटरमा केवल रु. १२,००० को निश्चित शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै विष्णु कुमार अग्रवालले भने, “कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य बनाएको छैन । यही नै यसको वास्तविक मूल्य हो ।”
त्यसैगरी रौनक अग्रवालले भने, “यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूका लागि बनाइएको हो । हामी उहाँहरूलाई यसको विशेषताको बारेमा सुन्न मात्र होइन, आफैं अनुभव गर्न आमन्त्रण गर्दछौं ।”

यस सार्वजनिकसँगै स्कोडा नेपालले कुशाकलाई नेपालमा चालक–केन्द्रित एसयूभीको स्पष्ट पहिचानसहित अझ सुदृढ बनाएको छ । उत्कृष्ट प्रदर्शन, युरोपेली विरासत र आकर्षक मूल्यको संयोजनले कुशाकलाई आफ्नो सेगमेन्टमा विशेष बनाएको कम्पनीले जनाएको छ ।
स्कोडा नेपालको बारेमाः
स्कोडा नेपालले नेपाली बजारमा विश्वस्तरीय सवारीसाधनहरू उपलब्ध गराउँदै आएको छ । आधुनिक युरोपेली डिजाइन, उन्नत प्रविधि र भरपर्दो कार्यसम्पादनको संयोजन भएका स्कोडाका गाडीहरू नेपालको व्यस्त सहरी सडकदेखि चुनौतीपूर्ण पहाडी राजमार्गसम्मका विविधतायुक्त सडक अवस्थालाई ध्यानमा राखेर तयार गरिएका छन् ।
सुरक्षा, इन्धन दक्षता र नवीन इन्जिनियरिङमा विशेष जोड दिँदै स्कोडाले गुणस्तर, आरामदायी यात्रा र विश्वसनीयतामा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ । देशभर विस्तार भइरहेको शोरुम तथा सर्भिस सेन्टरहरूको नेटवर्कले ग्राहकलाई थप सहज सेवा प्रदान गरिरहेको छ ।
नेपालमा स्कोडा ब्रान्डको आधिकारिक प्रतिनिधित्व एमएडब्लु समूह अन्तर्गतको अटोमोबाइल कम्पनी एमएडब्लु वृद्धिले गर्दै आएको छ । बिक्री, बजार प्रवद्र्धन, वितरण तथा ग्राहक अनुभवलाई केन्द्रमा राख्दै एमएडब्लु वृद्धिले विश्वप्रसिद्ध मोबिलिटी सोलुसन्स नेपाली ग्राहकसम्म पुर्याउँदै स्कोडा ब्रान्डको विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
प्रतिक्रिया