सुनचाँदी

निरन्तरको गिरावटपछि सुनको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, ३१ असार २०८३, ११ : १६

काठमाडौं- सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महाहसंघले जनाएको छ। यसअघि मंगलबार सुनको भाउ तोलामा १ हजार २ सय घटेको थियो भने सोमबार तोलामा २ हजार ८ सय घटेको थियो। 

हिजो सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ थियो। गएको आइतबार भने सुनको भाउ तोलामा ६ सय  बढेको थियो। त्यसैगरी चाँदीको भाउ भने आज तोलामा ५५ रुपैयाँ बढेर ४ हजार ४ सय १५ रुपैयाँ पुगेको छ। हिजो मूल्य घटेर सुनको भाउ ४ हजार ३ सय ६० रुपैयाँमा झरेको थियो। 

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

बुधबार, ३१ असार २०८३, ११ : १६

प्रतिक्रिया