सुनचाँदी

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

विहीबार, ३२ असार २०८३, १० : ५६

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० ले बढेको छ भने चाँदी रु ९० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण भएको छ । 

हिजो एक तोला सुन रु दुई लाख ८४ हजार ८०० र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९  र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

विहीबार, ३२ असार २०८३, १० : ५६

प्रतिक्रिया