मिति २०८२/०९/१४ गते आजको अर्थ अनलाइनमा प्रकाशित ‘सुन तस्करी प्रकरणका फरार अभियुक्त नेकपाको उम्मेदवार सिफारिस’ भन्ने शिर्षकमा प्रकाशित समाचार असावधानीपूर्वक प्रकाशित र प्रसारित भएको हुँदा सो समाचारबाट भिमकान्त भण्डारीलाई पर्न गएको मर्का, क्षति र इज्जत प्रतिष्ठामा परेको असरप्रति गम्भीरतापूर्वक महशुस गर्दै सो समाचारको पुष्ट्याइँ नभएकाले भूल सुधार गर्दछौं ।
यस विषयमा अदालतमा मुद्दा समेत परेको र दुवैतर्फ पक्षबीच मिलापत्र भई अब उप्रान्त बिना आधार प्रमाण निज भण्डारीको विषयमा कुनै पनि समाचार प्रकाशन र प्रसारण नगर्ने कुरामा पनि प्रतिबद्धता व्यक्त गर्दछौं । सम्पादक– आजको अर्थ डटकम
प्रतिक्रिया