काठमाडौं- नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको हो। बिहीबार प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार २ लाख ८२ हजार १०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२५ रुपैयाँले घटेको छ। बिहीबार ४ हजार ३२५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ४ हजार २०० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका आधारमा नेपालमा दैनिक रूपमा सुन–चाँदीको मूल्य निर्धारण हुने गर्दछ। शुक्रबारको कारोबारमा दुवै बहुमूल्य धातुको मूल्य घटेसँगै खरिदकर्ताले केही राहत महसुस गरेका छन्।
प्रतिक्रिया