काठमाडौं- नेपाली बजारमा आज (आइतबार) सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार तोलामा चार हजार दुई सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार दुई सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो ।
प्रतिक्रिया