सुनचाँदी

मंगलबार सुन र चाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंगलबार, ०५ साउन २०८३, ११ : १५

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् सोमबार छापावाला सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, असली चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार ३२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार चार हजार ३७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

मंगलबार, ०५ साउन २०८३, ११ : १५

प्रतिक्रिया