काठमाडौं- AION को आधिकारिक बिक्रेता, CG Motors, मार्फत नेपालभरका ग्राहकहरूले विश्वस्तरीय विद्युतीय अनुभव पाएका छन्। पहिलो सवारी साधनदेखि ३० मिलियनऔँ सवारी साधन उत्पादनसम्मको यात्रामा GAC Group ले विश्वभरका ग्राहकहरूको विश्वास र भरोसा जित्दै आएको छ। यस सफल यात्राको महत्वपूर्ण हिस्सा रहेको AION ले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र स्मार्ट ड्राइभिङ अनुभवमार्फत विद्युतीय मोबिलिटीको भविष्य निर्माण गर्दै विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकता पूरा गर्दै आएको छ।
सन् २०२६ को पहिलो छ महिनामा GAC का आफ्नै ब्रान्डका सवारी साधनको निर्यात १ लाख २१ हजार ५०० युनिट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३२ प्रतिशतले वृद्धि हो। यसले GAC का उत्पादनप्रति विश्वभरका ग्राहकहरूको बढ्दो विश्वास र स्वीकृतिलाई देखाउँछ। अमेरिका, एसिया–प्यासिफिक,मिडल इस्ट, अफ्रिका र युरोप लगायतका प्रमुख बजारहरूमा विस्तार हुँदै GAC ले आफ्नो विश्वव्यापी उपस्थितिलाई थप मजबुत बनाउँदै आएको छ।
हाल GAC को अन्तर्राष्ट्रिय व्यवसाय ११० देश तथा क्षेत्रमा विस्तार भएको छ, जहाँ ७४६ बिक्री तथा सेवा केन्द्र, ६ वटा अन्तर्राष्ट्रिय उत्पादन केन्द्र र ९ वटा पार्ट्स गोदामहरू सञ्चालनमा छन्। अनुसन्धान तथा विकासदेखि उत्पादन, आपूर्ति, बिक्री र सेवासम्मको यस संरचनाले AION लाई विश्वभरका ग्राहकहरूलाई स्थानीय आवश्यकता अनुसार उत्कृष्ट विद्युतीय मोबिलिटी अनुभव प्रदान गर्न सक्षम बनाएको छ।
GAC Group को ३० मिलियन सवारी साधन उत्पादनको उपलब्धि विश्वभरका ग्राहकहरूको विश्वासको प्रतीक हो। आगामी दिनमा GAC Group र AION ले नवप्रवर्तन र गुणस्तरीय सेवामार्फत यो यात्रालाई निरन्तर अगाडि बढाउनेछन्।
प्रतिक्रिया