सुनचाँदी

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०६ साउन २०८३, ११ : ०४

काठमाडौं– नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला पाँच हजार ४०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार तोलामा चार हजार ३७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार ४८० रूपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ११० रूपैयाँ बढेको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बुधबार, ०६ साउन २०८३, ११ : ०४

प्रतिक्रिया