समाचार

हस्तकला क्षेत्रको विकासमा सरकारसँग सहकार्य गर्न महासंघ तयार, प्रधानमन्त्री शाह सकारात्मक

बुधबार, ०६ साउन २०८३, १४ : ४०

काठमाडौं- नेपाल हस्तकला व्यवसायी महासंघले हस्तकला क्षेत्रको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा महासंघले हस्तकला विकास बोर्ड गठन, हस्तकला दिवसलाई राष्ट्रिय रूपमा मनाउने, निर्यात प्रोत्साहन रकम पुनः सञ्चालन गर्ने तथा हस्तकला ग्राम र सीप प्रशिक्षण केन्द्र स्थापना गर्न माग गरेको थियो।

प्रधानमन्त्री शाहले हस्तकला सम्बन्धी नीति सुधार, कला संरक्षण, रोजगारी सिर्जना र सीप पुस्तान्तरणमा सरकार प्रतिबद्ध रहेको बताउँदै अधिकांश प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएका छन्। उनले हस्तकला दिवसलाई राष्ट्रिय रूपमा मनाउने विषयमा गृह मन्त्रालयसँग समन्वय गर्न पनि निर्देशन दिएका छन्।

छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्यसहित पदाधिकारीहरू सहभागी थिए।

बुधबार, ०६ साउन २०८३, १४ : ४०

प्रतिक्रिया