सुनचाँदी

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०७ साउन २०८३, ११ : १२

काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ प्रतितोला तीन सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार तोलामा चार हजार चार सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

विहीबार, ०७ साउन २०८३, ११ : १२

प्रतिक्रिया