सुनचाँदी

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, ११ साउन २०८३, ११ : १३

काठमाडौं- नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार तोलामा चार हजार चार सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

सोमबार, ११ साउन २०८३, ११ : १३

प्रतिक्रिया