काठमाडौं- नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला एक हजार रूपैयाँले घटेकोे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ ।
मंगलबार तोलामा चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार तीन सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया